प्रमुख सूचना::
ब्यक्त्तिगत घटना दर्ता सम्बन्धि जानकारी ।
ब्यक्त्तिगत घटना दर्ता सम्बन्धि जानकारी
“जन्म दर्ता, नागरिकता जस्ता आवश्यक नागरिक कागजातको अभावमा धेरै महिला तथा सिमान्तकृत समुदायका नागरिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा राज्यबाट प्राप्त हुने आधारभूत सेवाबाट अझै वञ्चित भइरहेका छन्।
जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता नगर्दा नागरिकता, विद्यालय भर्ना, सामाजिक सुरक्षा भत्ता लगायत सेवामा समस्या हुन सक्छ।
पुनर्वास नगरपालिका न्यायिक समिति सँगको समन्वयमा UNDP/A2J परियोजनाको सहयोग तथा MPDS–डडेल्धुराद्वारा सिमान्तकृत समुदायका व्यक्तिको घरदैलोमै पुगेर कानुनी सचेतना अभिवृद्धि, कानुनी सहायता शिविर संचालन, कानुनि स्वयम् सेवक परिचालन गरि निःशुल्क कानुनी परामर्श, रेफरल तथा सहजीकरण सेवा प्रदान गरिँदै आएको छ। साथै नगरपालिकामा सञ्चालनमा रहेको नागरिक सहायता कक्षमार्फत पनि आवश्यक जानकारी तथा सहयोग उपलब्ध भइरहेको छ।
• घटना भएको ३५ दिनभित्र अनिवार्य दर्ता गरौँ।
• आवश्यक कागजात बनाऔँ ।
• आफ्नो पहिचान र अधिकार सुनिश्चित गरौँ ।
UNDP/A2J परियोजनाको सहयोगमा पुनर्वास नगरपालिका र MPDS-डडेलधुरा द्वारा जनहितमा जारी सन्देस ।
