FAQs Complain Problems

१५ औ निजामती सेवा दिवस-२०७५ तथा सांस्कृतिक कार्यक्रम

पुनर्वास नगरपालिकाले शुक्रबार १५ औं निजामती सेवा दिवसका अवसरमा फूटबल खेल तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै निजामती सेवा दिवस मनाएको छ । १ दिने मैत्रीपुर्ण फूटबल खेलमा जम्मा २ टिमको सहभागी रहेका थिए । बिहान ७:३० बजे देखि सुरु भएको खेल निजामती कर्मचारी भर्सेज जननिर्वाचित प्रतिनिधि बिच भएको थियो । मध्यान्तर सम्म २ गोलले अग्रता लिएको निजामती कर्मचारीले मध्यान्तर पछि पनि २ गोल गर्न सफल भएको थियो । जनप्रतिनिधिले भने कुनै गोल गर्न नसक्दा ०-४ को गोल अन्तरले पराजित हुनुपरेको हो । विजेता टिमलाई नगद ११ हजार दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनुभयो ।