FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

१. लिखित निवेदन
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी/अन्य आफुलाई चिनाउने प्रमाण पत्रको प्रतिलिपी
३. पुनर्वास नगरपालिकाको राजश्व शाखाबाट निवेदन दस्तुर बाफतको नगद तिरेको रसिद

 

योजना सम्पन्न गरि फरफारकका लागि (संलग्न) ल्याउनु पर्ने कागजातहरु के के हुन् ?

१.   उपभोक्ता समिति गठन सम्बन्धी कागजातहरु
२.  उपभोक्ता समिति र कार्यालय बीच भएको सम्झौता सम्बन्धी कागजात
३.  उपभोक्ता समितिको बैठक बसी काम सम्पन्न भएकोले भुक्तानी माग गर्ने निर्णय, काम सम्पन्न गर्दा भएको आम्दानी र खर्च अनुमोदन गरेको निर्णय / आम्दानी र खर्चको तालिका सहित भएको हुनुपर्ने
४.   योजनास्तरिय अनुगमन समितिको निर्णय / सिफारिश  
५.   उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरु, योजनागत अनुगमन समिति, आम जनता, जनप्रतिनिधी (वडाअध्यक्ष / वडा सदस्य)को रोहवरमा खर्च सार्वजनिक गरेको निर्णय, सम्पन्न गर्दा भएको आम्दानी र खर्च अनुमोदनको सार्वजनिक    लेखापरीक्षण गरेको निर्णय / आम्दानी र खर्चको तालिका सहित
६   अनुसुची–३, ४ र ६ स्पष्ट भरी पेश गर्नेे
७.   योजना संचालन हुनुपूर्व, संचालन भइरहेको (लागत सहभागिता गरेको) र सम्पन्न भइसकेको फोटो (कम्तिमा पनि ३ वटा)
८.   वडा स्तरिय अनुगमन समितिको निर्णय / सिफारिश
९.   सम्बन्धित वडा कार्यालयकोे निर्णय / सिफारिश  
१०.   नगरस्तरिय अनुगमन समितिको निर्णय / सिफारिश  
११.    सम्पूर्ण विल, भर्पाइ र अन्य कागजातहरुको पछाडि समितिको छाप, दस्तखत (अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये कम्तिमा पनि १ जनाको)
१२.    विल, भर्पाइको अकर्णनामा (सुची / लिष्ट)
१३.   प्राविधिक नापजाँच र कार्य सम्पन्न प्रतिवेदन
१४.   भुक्तानीको निवेदन (भुक्तानी गरीदिने बारे)

 

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • १ .निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
  • २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
  • ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
  • ४. दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
  • ५. कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
  • ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी 

घर जग्गा नामसारी सिफारिसको लागि चाहिने कागजातहरु निम्न हुन |

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |

२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|

३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|

४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँक्षि बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|

५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

स्थानीय स्तरमा विकास आयोजना  संचालनको प्रक्रिया निम्न अनुसार हुन्छ | 

१.उपभोक्ता समिति गठन |

२.उपभोता समिति संग योजना सम्झौता |

३.उपभोक्ता समितिको बैंक खाता खोल्ने |

४.काम सम्पन्न भए पछि योजना फरफारक को काम |

१.वडा प्रतिनिधिको रोहबरमा योजनाको उपभोक्ता समिति गठन गर्ने |

२.योजना सम्झौताको लागि वार्ड कार्यालयको सिफारिस |

३.प्राबिधिक लागत इस्टिमेट |

४.योजना निर्माण उपभोक्ता समितिको छाप |

५ .योजना निर्माण उपभोक्ता समितिका अध्यक्षको निबेदन |

६.योजना उपभोक्ता समितिका पदाधिकारिको नागरिकताको प्रतिलिपी |

७.योजनाको सम्झौता पत्र |

तपसिलका कागजातहरु लगेर बैंक मा जादा उपभोक्ता समितिको बैंक खाता खुल्छ |

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई नगरपालिकाको खाता खोल्ने सिफारिस पत्र |